दफा ५०
खानेपानीको निर्यात गर्न सक्ने
(१) नेपाल सरकार वा अनुमतिपत्र प्राप्त संस्थाले बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार गर्न सक्नेछन्‌। (२) बोतलबन्द वा थोक खानेपानीको निर्यात तथा व्यापार सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।